मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

 कात्तिक १०, २०७८ बुधबार १४:३३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । आज बुधवार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।

वाग्मती प्रदेशमा आज मुख्यमन्त्री शाक्यले विश्वासकाे मत लिने कार्यसूची थियो । उहाँले बैठकमा बोल्दै मत विभाजनभन्दा आपसी सहकार्यबाट मात्रै प्रदेशको समृद्धि सम्भव भएकाले आफूले राजीनामा दिएको बताउनुभयो ।

शाक्यको राजीनामासँगै वागमती प्रदेश सभाको बैठक अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको छ ।  

उहाँले राजीनामा दिएसँगै यस प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन हुने भएको छ । उहाँको पार्टीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलको सहभागितामा सरकार गठन हुन लागेको हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया