मिथिला मध्यमा परिक्रमा सम्पन्न
चैत १, २०८१ शुक्रबार
खोटाङ – खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित च्यानडाँडामा निर्माणाधीन नेपाल टेलिकमको टावर निर्माणको काममा चरम ढिलासुस्ती भएको छ । खिदिमा तथा आसपासमा एनटीसी र स्काइ फोनको सेवा विस्तारका लागि टेलिकमले निर्माण सुरु गरेको टावरको काममा चरम ढिलासुस्ती भएको हो ।
१६ महिना अघि नै टावर ठड्याउने काम भए पनि अन्य उपकरण जडानका काम हुन नसकेको खिदिमाका वडाध्यक्ष मणीकुमार राईले बताउनुभयो । टावर निर्माणमा ढिलाइ हुँदा स्थानीय मारमा परेका छन् ।
टावर, व्याट्री तथा उपकरण राख्ने घर निर्माणको काम सकिए पनि टेलीकमले आवश्यक उपकरण जडानमा ढिलाई गरेको स्थानीयको गुनासो छ । टावर निर्माणको कामलाई पूर्णता दिनका लागि पटक–पटक आग्रह गर्दा पनि टेलिकमले बेवास्ता गरेको वडाध्यक्ष राईले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।