पार्टी फुटेसँगै चार वटै प्रदेशबाट एमालेले सत्ता गुमायो

 कात्तिक १५, २०७८ सोमबार १५:११:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रदेश सरकारको नेतृत्वमा नेकपा एमाले शून्यमा झरेको छ । आज साेमवार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै एमाले सबै प्रदेशको सत्ताबाट बाहिरिएको छ ।

प्रदेश १, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित सत्ता सम्हालेको एमाले अहिले शून्यको अवस्थामा पुगेको हो । प्रदेश १, वाग्मती र लुम्बिनीमा एकल बहुमतमा रहेको एमालेबाट माधवकुमार नेपाल समूह फुटेर नयाँ दल गठन गरेसँगै एमाले सत्ताबाट पनि बाहिरिएको हो ।

गण्डकीमा भने तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी फुटेपछि माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले साथ छाडेपछि एमाले सत्ता गुमाउन बाध्य भएको थियो । अल्पमतमा परेपछि यसअघि नै वाग्मतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिइसक्नुभएको छ ।

अब प्रदेश १ मा एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार बढाउने तयारी छ । वाग्मतीमा अहिले समाजवादीकै राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुभएको छ । वाग्मतीमा आलोपालोको सहमतिअनुसार केही समयपछि नेपाली कांग्रेसले मुख्यमन्त्री पाउनेछ ।

गण्डकीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्नुभएको छ भने लुम्बिनीमा माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री हुनुहुन्छ । कर्णाली र सुदूरपश्चिममा सुरुदेखि नै माओवादीका महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट मुख्यमन्त्री हुनुहुन्छ । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया