एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - चितवनको भरतपुर महानगरपालिकामा ३६ घण्टापछि बिजुली आपूर्ति सुरु भएको छ ।
अस्ति दिउँसोदेखि आपूर्ति बन्द भएपछि हिजो दिनभर र राति अबेरसम्म मर्मत गरी १ बजेदेखि बिजुलीको आपूर्ति सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सबस्टेसनको निरीक्षण गर्न चितवन पुग्नुभएको थियो ।
हिजो चितवन पुगेका घिसिङले मर्मतमा खटिएका कर्मचारीलाई हौसलासहित समस्या समाधानका लागि पहल गर्नुभएको प्राधिकरणले जनाएको छ । बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरहरुमा समस्या आएपछि अस्ति दिउँसोदेखि बिजुली बन्द भएको थियो ।
सबस्टेसनमा समस्या आएपछि भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत् आपूर्ति रोकिएको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।