सर्वोच्च अदालत परिसरमा झडप, केही पक्राउ

 कात्तिक २६, २०७८ शुक्रबार १०:३८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कानुन व्यवसायीको विरोध प्रदर्शनमा झडप भएको छ । सर्वोच्च अदालत अगाडि  आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच झडप भएको हो ।

झडपपछि केहीलाई प्रहरीले पक्राउ गरेको छ । कानुन व्यवसायीको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सर्वोच्च अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सर्वोच्चको वरिपरि सुरक्षाकर्मी खटिएका छन् । आज कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने तयारी गरेका छन् । हिजो प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरे पछि नेपाल  बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाउने तयारी गरेको हो ।

यस्तै, कानुन व्यवसायीको आन्दोलनका कारण अहिले सर्वोच्च अदालत आसपासका सडकमा गाडीको चाप बढेको छ । माइतीघर मण्डला, थापाथली, सिंहदरबार चोक र पद्मोदय मोडमा गाडीको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया