सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
धादिङ – विद्युत् प्रसारण लाइन बनाउँदा आफ्नो जग्गामा पोल र तार परेका धादिङको कुम्पुर पिपलटारका बासिन्दाले काममा अवरोध गरेका छन् ।
मर्स्याङ्दी–काठमाण्डौ दुई सय २० केभी प्रसारण लाइन आयोजनाले २०७४ साल असोजमा सूचना प्रकाशन गरेको जग्गाको रेखाङ्कनभन्दा आठ मिटर पर पर्ने गरी २०७६ सालको जेठमा अर्को सूचना प्रकाशन गरेपछि स्थानीयवासीले अहिले काममा अवरोध गरेका हुन् ।
अर्को रेखाङ्कन गर्दा ६० जनाभन्दा धेरैको जग्गा परेकाले क्षतिपूर्तिको माग गरिएको पीडित आनन्द अधिकारीले बताउनुभयो । दोस्रो रेखाङ्कनमा जग्गा परेकाहरूलाई क्षतिपूर्ति नदिएसम्म काम अघि बढाउन नदिने उहाँले बताउनुभयो ।
ज्वालामुखी गाउँपालिकाले पनि पहिलो रेखाङ्कनअनुसार नै प्रसारण लाइन बनाउन विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।