स्याङ्जामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयाे

 कात्तिक २९, २०७८ सोमबार १२:११:३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाको आँधीखोलामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।

आँधीखोला गाउँपालिका-५ एकरायमा रहेकाे भित्रि सडकमा ग १ त ६४४० नम्बरकाे ट्र्याक्टर नालामा पल्टिएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि ट्र्याक्टरका चालक भानु नगरपालिका-५ तनहुँका ३८ वर्षीय सन्तोष गुरुङको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । 

दुर्घटनामा परि तनहुँकै ३४ वर्षका रेशम गुरुङ घाइते हुनुभएकाे प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: चैत २१, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया