एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी कार्यालय हुँदा हुँदै केन्द्रीय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति काठमाण्डाैले आज सोमवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले बूढानीलकण्ठ नदेखेको झैँ गरेर सभापति देउवाले आफ्नै निवासमा आइतवार (हिजो) केन्द्रीय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाउनुभयो ।
नेता सिंहले भन्नुभयो, ‘पार्टी केन्द्रीय कार्य समितिको बैठक पार्टी सभापतिको घरमा बस्छ । वर्किङ कमिटी कार्यालयमा राख्नुपर्याे नि भनेर हिजो मैले बोलेँ । भवनको के काम । बूढानीलकण्ठ हामीले नदेखेको हो र भन्या । उहाँको त्यहाँ घर बन्नुभन्दा अघि नै हामी बूढानीलकण्ठ भगवानको पूजा गर्न जान्थेउँ नि त ।’
उहाँले सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरू मान्य नहुने चेतावनीसमेत दिनुभयो । सभापति देउवाले सत्ताको दुरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेल्धुरामा अधिवेशन गरिएको दाबी गर्दै त्यसलाई मान्न नसकिने नेता सिंहले अडान राख्नुभयो ।
उहाँले क्रियाशील सदस्यताको विवाद देखिएको ठाउँमा पुरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टी केन्द्रीय कार्य समिति बैठकले गरेको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न पनि पार्टी नेतृत्वलाई दबाब दिनुभयो ।
‘जुन जिल्ला, जुन क्षेत्र, जुन वडामा समस्या छ, त्यहाँ विधि र नियमअनुसार सम्बोधन गर्न प्रयास गरौँ । क्रियाशील सदस्यतामा विवाद भयो भने समय बित्न लागे स्थगनमा राखौँ र पुरानैबाट गरौं भनेर त सर्वसम्मतिले पारित गरेको छ नि । यहाँ त अरू पार्टीबाट प्रवेश गरेको नाममा, समायोजनको नाममा निर्वाचन अधिकृत खटिसकेको छ । भोटर लिस्टमा समायोजनको लिस्ट छ, समायोजनको लिस्टमा नभएका नामहरू राखेर पर्सादेखि विशेष गएर प्रदेश २ मा त्यस्तो भइराखेको छ’, नेता सिंहले भन्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।