एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको सदरमुकाम गमगढीमा आगलागीबाट पीडित भएकालाई राहत दिने घोषणा गर्नु भएको छ ।
उहाँ राहत लिएर आज प्रभावित क्षेत्रमा जाँदै हुनुहुन्छ । उहाँकाअनुसार आज प्रभावितका लागि खाद्यान्न र त्रिपाल वितरण गरिने छ । त्यहाँको स्थिति अवलोकन पछि थप राहत वितरण गरिने उहाँले बताउनुभयो ।
गएराति १२ बजेदेखि लागेको आगोका कारण २१ वटा घरमा पूरै क्षति भएको छ । प्रहरीकाअनुसार आगोले १८ वटा घर पूरै जलेका छन् । यस्तै, घुम्ती पसल राखिएको दुई वटा घर पनि जलेर नष्ट भएका छन् । यस्तै, आगो निभाउनका लागि एउटा घर भत्काइएको छ । गएराति १२ बजेदेखि लागेको आगो अघि बिहान १० बजे मात्र पूर्ण रुपमा निभाइएको छ ।
सेना, प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो निभाइएको हो । स्थानीय ठिग्ने लामाको घरमा बालेको दियोबाट आगो सल्किएको अनुमान गरिएको छ ।
क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।