पाँच दलबीच गठबन्धन नहुने हाे भने आउँदाे चुनावमा जमानत जफत हुन्छ : अध्यक्ष ओली

 मंसिर १, २०७८ बुधबार १६:४६:१६ | गोविन्द शर्मा
unn.prixa.net

फाइल फाेटाे

बाँके – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन बनाएर चुनावमा सहभागी नहुने हो भने आउँदाे चुनावमा जमानत जफत हुने दाबी गर्नुभएको छ । 

नेकपा एमाले बाँकेले आज बुधवार नेपालगञ्जमा आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनले एमालेसँग चुनावमा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै चुनावमा एमालेको एकल बहुमत हुने दाबी गर्नुभयो । अध्यक्ष ओलीले अदालत मर्यादित र सम्मानित बनोस् भन्दै न्यायाधीशले सेवा, सुविधा लिने तर मुद्दा नहेर्ने कार्य दुःखद भएको बताउनुभयो ।

यस्तै कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेले आर्थिक विकास र समृद्धिको नेतृत्व गरेका कारण देशभर एमालेप्रति नागरिककाे आकर्षण रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला विकास समिति बाँकेका पूर्वसभापति पशुपति दयाल मिश्रा, अब्दुल करिम खाँ, गिरिजा पाठक, चिन्टु वर्मासहित झन्डै चार हजार जना विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया