कांग्रेस डडेल्धुरा सभापतिसहितका नेता, कार्यकर्ताले सानेपामा थाले रिले अनशन

 मंसिर १, २०७८ बुधबार १९:४८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वडा र पालिका अधिवेशन फेरि गर्नुपर्ने आफूहरूको माग सुनुवाइ नगरेको भन्दै नेपाली कांग्रेस डेडल्धुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपामा रहेकाे पार्टीको केन्द्रीय कार्यालयमा रिले अनशन सुरु गरेका छन् । 

पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरीत गराइएको वडा र पालिका अधिवेशन फेरि गर्नुपर्ने भन्दै उनीहरूले आज बुधवारदेखि पार्टी केन्द्रीय कार्यालयमा रिले अनशन सुरु गरेका हुन् ।

डडेल्धुराका हजारौँ पार्टी नेता, कार्यकर्ताको भावनाअनुसार फेरि अधिवेशन गर्न गरिएको मागको केन्द्रीय सभापति शेरबहादुर देउवाले सुनुवाइ नगरेपछि आफूहरूले बाध्य भएर पार्टी केन्द्रमै रिले अनशन सुरु गर्नुपरेको सभापति मल्लले बताउनुभयो । 

त्यसैगरी नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) जिल्ला कार्य समिति डडेल्धुराकी नेतृ देवकी जोशीले पनि पार्टीका केन्द्रीय सभापतिसँग न्याय माग्न आफूहरू पार्टी केन्द्रीय कार्यालयमानै रिले अनशन बस्न बाध्य हुनुपरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

सभापति मल्ल नेतृत्वको टोलीले पार्टी केन्द्रीय सभापति देउवाले आफ्नै जिल्लाका पार्टीका बहुमत नेता, कार्यकर्तालाई अन्याय हुने गरी गरिएको वडा र पालिका अधिवेशन फेरि नभए आफूहरू पार्टी केन्द्रीय कार्यालयमै धर्ना र अनशन बस्न बाध्य हुने भन्दै गएकाे कात्तिक २७ गते काठमाण्डाैमा पत्रकार सम्मेलन गरेको थियो ।  

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया