प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

 मंसिर २, २०७८ बिहिबार १९:१७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहीवार भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री देउवा र लुबीच नेपालमा कोभिडले पारेको असर, कोभिडपछिको आर्थिक पुनरुत्थान र कोरोनाविरुद्धको खाेपकाे सहयोगलगायतका विषयमा कुराकानी भएको छ ।

यस्तै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालले भोगेका समस्या समाधानका लागि अमेरिकी सहयोगको अपेक्षा गरिएको पनि बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले उठाएका विषयमा सहमति जनाउँदै अमेरिकी सहायक विदेशमन्त्री लुले अमेरिकाले अहिले उपलब्ध गराइरहेका सहयोगको निरन्तरतासँगै थप सहयोग पनि हुने बताउनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया