हामी एमसीसी फिर्ता जाओस् भन्ने पक्षमा छैनाैँ, डिसेम्बर १४ अघि एउटा टुङ्गाेमा पुग्छाैँ : प्रचण्ड

 मंसिर ३, २०७८ शुक्रबार १७:५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको छ । आज शुक्रवार अमेरिकी सहायक विदेशमन्त्री लुले प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको हो । 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि अध्यक्ष दाहालसँग भेट गर्नुभएका लुले नेपालको शिक्षा, स्वास्थ्य र स्वच्छ ऊर्जाको क्षेत्रमा विशेष सहयोग गर्ने बताउनुभएको थियो ।

भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने सहायक विदेश मन्त्री लुलाई जानकारी गराएको बताउनुभयो । उहाँले अमेरिकाले दिएको डिसेम्बर १४ भन्दाअघिको समयसीमाभित्र निर्णयमा पुग्ने पनि बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘राम्रो वातावरणमा सौहार्दपूर्ण र खुला छलफल भयो, म छलफलबाट पूरै सन्तुष्ट भएको छु । नेपालको समग्र विकास प्रक्रिया, नेपालको विकासको सम्भावना बढी कुन क्षेत्रमा छ भन्नेबारेमा कुराकानी भयो । उहाँले यहाँको क्लिन इनर्जीको बारेमा थोरै कुरा राख्नुभयो । एग्रिकल्चर डेभलपमेन्टकाे बारेमा केही कुरा गर्नुभयो । मैले नेपालमा एग्रिकल्चर इन्डस्ट्रिकाे आवश्यक्ता छ, युवाहरूलाई रोजगारी हुन्छ, एग्रोबेस्ट इन्डस्ट्री नै राम्रो हुन्छ भने । एमसीसीको बारेमा मैले प्रष्टसँग भने– हामी एमसीसी फिर्ता जाओस् भन्ने पक्षमा बिलकुल छैनौँ । किनभने त्यत्रो पैसा नेपालमा पूर्वाधारका लागि आवश्यक छ, तपाईँहरू पैसा दिन तयार हुनुहुन्छ, हामी लिन तयार छौँ । यहाँ केही अलमल छ, पहिला ओर्जिनल डकुमेन्ट जस्तो थियो, अहिले छैन, त्यसले अलमल छ । अल पार्टी मिटिङमा हामी छलफल गर्छाैँ, हामी डिसेम्बर १४ अघि एउटा टुङ्गोमा पुग्छौँ ।’

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालपछि सहायक विदेश मन्त्री लुले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि शिष्टाचार भेट गर्नुभएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया