स्याङ्जा क्षेत्र नं. १ सभापतिमा रेग्मी र २ मा खाँण निर्वाचित

 मंसिर ७, २०७८ मंगलबार २०:२६:३६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत स्याङ्जामा भएको क्षेत्रीय चुनावमा रेग्मी र खाँण विजयी भएका छन् । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १ मा रेग्मी र २ मा खाँण विजयी भएका हुन् । 

आज मङ्गलवार सम्पन्न मतगणनाबाट स्याङ्जा क्षेत्र नं. १ को सभापतिमा तुल्सीराम रेग्मी निर्वाचित हुनुभएको हो । उहाँले ६ सय ३९ मत प्राप्त गर्नुभयो । चुनावमा उहाँका प्रतिस्पर्धी ओमबहादुर भट्ट क्षेत्रीले तीन सय १४ मत प्राप्त गर्नुभयो । क्षेत्रीय समितिको सचिवमा मनोज मल्ल र सूर्यप्रसाद शर्मासहित सहसचिवमा ध्रुव शर्मा र पशुपति पोखरेल विजयी भए । 

क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन सङ्घीय महाधिवेशन प्रतिनिधि खुलातर्फ राजु थापा, अजित क्षेत्री, तुलसी गिरी, गोविन्द रानाभाट, भरतप्रसाद लम्साल, डोलबहादुर खड्का, प्रेमराज पौडेल, इन्द्रबहादुर रिजाल, भूमिबहादुर गुरुङ (विश्व) र श्रीराम उपाध्याय निर्वाचित भएका छन् । 

खस–आर्यतर्फ कृष्णप्रसाद अर्याल, गोपालप्रसाद ढकाल र शक्तिचन्द्र अधिकारी, महिला खुलातर्फ देवी अर्याल, तारा मल्ल, वन्दना लम्साल, लेखमाया पौडेल र खस–आर्य महिलातर्फ सीता गोदार र लक्ष्मी केसी निर्वाचित भएका छन् । दलिततर्फ अमृत विक, आदिवासी जनजातितर्फ अनुप श्रेष्ठ र देवेन्द्र गुरुङ, आदिवासी जनजाति महिलातर्फ धनकुमारी थापा, अल्पसङ्ख्यकतर्फ शाह मोहम्मद मिया निर्वाचित भएका छन् । 

त्यस्तै क्षेत्र नं. २ मा दिलीपप्रताप खाँण सभापतिमा निर्वाचित हुनुभएको छ । उहाँले आठ सय २३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी ध्रुवप्रसाद शर्मा पंगेनीले तीन सय ६४ मत प्राप्त गर्नुभयो ।

दुई वटा छुट्टाछुट्टै समूह खडा गरी भएको चुनावमा सभापतिमा विजयी हुनुभएका खाँणकै समूहबाट सचिवमा फणिनारायण रेग्मी र यादवप्रसाद पाण्डे (सुन्दर) विजयी भएका छन् । त्यस्तै सहसचिवमा पनि खाँणकै समूहबाट राजेश डुम्रे र प्रमोद पोख्रेल निर्वाचित भएका छन् । 

यसैगरी, क्षेत्र नं. २ क्षेत्रीय अधिवेशन सङ्घीय महाधिवेशन प्रतिनिधि खुलातर्फ भागवतप्रकाश मल्ल, विष्णु पौडेल, गुरुप्रसाद भट्टराई, अर्जुनप्रकाश अर्याल, युवराज पाण्डे, शिवकुमार गिरी, लक्ष्मीप्रसाद रेग्मी, महेन्द्र श्रेष्ठ, छायाराम खनाल, जलेश्वर पाण्डे विजयी भएका छन् । 

खुला महिलातर्फ कल्पना तिवारी, कविता तिवारी, सरस्वती अर्याल, खगीसरा भण्डारी र खस–आर्य पुरुषतर्फ रामचन्द्र पंगेनी, लक्ष्मीकान्त रेग्मी र महिलातर्फ सुनिता उच्चै ठकुरी र गायत्री आचार्य निर्वाचित भएका छन् । 

समावेशी जनजाति पुरुषतर्फ चन्द्र राना, यादवकुमार श्रेष्ठ, महिलातर्फ विमला श्रेष्ठ र माया राना, दलित पुरुषतर्फ लिलबहादुर रनपाल र महिलातर्फ तुलसी नेपाली निर्वाचित भएका छन् । 

विजयी भएसँगै नवनिर्वाचित क्षेत्रीय सभापति खाँणले यो पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा भएको बताउँदै आउँदा दिनमा पार्टी सङ्गठनका लागि विजेता–उपविजेता दुवै सँगै भएर अगाडि बढ्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै खाँणका प्रतिस्पर्धी शर्माले पार्टीको सङ्गठन विस्तारमा सँगसँगै अगाडि बढ्ने र सहयोग गर्ने प्रतिबद्धतासहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया