राेल्पा कांग्रेस सभापतिमा पौडेल समूहका आचार्य निर्वाचित

 मंसिर ८, २०७८ बुधबार २०:२५:३२ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोरकुमार आचार्य निर्वाचित हुनुभएको छ ।

देउवा समूहका उम्मेदवार मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै आचार्य निर्वाचित हुनुभएको हो । पदाधिकारीहरूको मात्र सम्पन्न भएको मत परिणामअनुसार आचार्यले पाँच सय दुई मत पाउँदा खत्रीले चार सय ४० मत प्राप्त गर्नुभयाे ।  

यस्तै उपसभापतिमा हरिबहादुर पुन र कविता उपाध्याय, सचिवमा तिलबहादुर बुढाथोकी र शेरबहादुर थापा, सहसचिवमा गञ्जबहादुर क्षत्री र सुनीलकुमार वली विजयी हुनुभएको छ । 

कार्यसमिति सदस्य र महाधिवेशन प्रतिनिधिको मत गणना भने भइरहेकेा निर्वाचन अधिकृत सूर्यबहादुर ओलीले जानकारी दिनुभयो ।

जम्मा एक हजार ४२ मत खसेकोमा प्रारम्भिक गणनाअनुसार पौडेल समूहका आचार्यको प्यानल नै विजयी हुने देखिएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया