एमाले अध्यक्ष ओली चितवनमा

 मंसिर ९, २०७८ बिहिबार १३:५४:५३ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुग्नुभएकाे छ । पार्टीकाे १० औँ महाधिवेशनकाे पूर्वसन्ध्यामा अध्यक्ष ओली चितवन आज बिहीवार चितवन पुग्नुभएकाे हाे । 

उहाँलाई भरतपुर विमानस्थलमा नेता/कार्यकर्ताले स्वागत गरेका छन् । यसैबीच नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल' पनि चितवनकाे साैराहा पुग्नुभएकाे छ । 

केही नेताहरू यसअघि नै चितवन पुगिसकेका छन् भने केही पुग्ने क्रम चलिरहेको छ । भाेलि मङ्सिर १० गते शुक्रवारदेखि सुरु हुने महाधिवेशन १२ गतेसम्म चल्नेछ । 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया