चितवन हुँदै चल्ने मालवाहक गाडीलाई काठमाण्डौमै रोक

 मंसिर १०, २०७८ शुक्रबार १०:४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौबाट नारायणगढ–मुग्लिन सडक खण्ड हुँदै चल्ने ठूला मालवाहक गाडीलाई आज रोक लगाइएको छ ।

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका लागि ट्राफिक व्यवस्थापन गर्न भन्दै मालवाहक गाडीलाई काठमाण्डौमै रोकिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार यी गाडीलाई नागढुङ्गाबाट प्रवेश गर्न दिइएको छैन । ठाउँठाउँमा मालवाहक गाडीको लामो लाइन छ ।

 

कलङ्कीदेखि नागढुङ्गा सडक खण्डका केही ठाउँमा गाडी रोकिएका छन्  । यस्तै, ललितपुरको धोबिघाटदेखि कलङ्कीसम्म नै लामो लाइन छ । एमालेको महाधिवेशनका कारण ट्राफिक व्यवस्थापनमा चाप पर्ने भएकाले ठूला मालवाहक गाडीलाई आज दिनभरि नै रोक लगाउने तयारी छ ।

आज पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा पनि मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया