न्यायालयको समस्याबारे छिट्टै निष्कर्षमा पुग्ने प्रधानमन्त्री देउवाको आश्वासन

 मंसिर १०, २०७८ शुक्रबार १२:५५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयभित्रको समस्या छिट्टै समाधान गर्ने आश्वासन दिनुभएको छ ।

नेपाल बार एसाेसिएशनका पदाधिकारीसँग बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबारे एक/दुई दिनमै सत्तारुढ गठबन्धनको बैठक बोलाएर निर्णय गर्ने बताउनुभएको हो । 

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै महिना दिनदेखि आन्दोलनरत नेपाल बारले अब प्रधानन्यायाधीशबारे आफ्नो संवैधानिक दायित्व पूरा गर्न संसद्का सबै राजनीतिक दललाई आग्रह गर्दै आएको छ । 

प्रधानन्यायाधीशले संविधानको मर्मअनुसारको स्वतन्त्र न्यायपालिका कायम नराखेको भन्दै उहाँलाई अब संसद्ले महाअभियोग लगाउनुपर्ने भन्दै बारले सबै दलका नेतालाई ज्ञापनपत्र बुझाइसकेको छ । 

महाअभियोग लगाउनुपर्ने १७ कारण उल्लेख भएको ज्ञापनपत्र उनीहरूले प्रधानमन्त्री देउवालाई पनि बुझाएका छन्।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया