पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
मेरो घर बागलुङको काठेखोला गाउँपालिका - ६ ज्यामिरेमा हो । अहिले म मकाउमा छु । सन् २००७ मा म मकाउ आएको हुँ ।
यहाँ काम गर्न थालेको ११ वर्ष भयो । सेक्युरिटी गार्डका रुपमा कार्यरत छु । मकाउमा काम र कमाई राम्रो छ । सामान्य काम गर्दा पनि महिनाको एक लाख रुपैयाँ बचत हुन्छ ।
११ वर्षको मेरो अनुभवले भन्छ कि मकाउ नेपालीका लागि काम, कमाई र सुरक्षाका हिसाबले पनि राम्रो छ । झण्डै ४५ सय जति नेपाली यहाँ काम गर्छौं ।
दुःख गरेर पैसा कमाउन यहाँ आइयो । तर कमाएको पैसा घरसम्म पुर्याउन हामीले वैधानिक माध्यम पाएनौं । महिनामा एक लाख रुपैयाँ पैसा बच्छ तर त्यो पैसा म लगायत सबै नेपालीले पठाउने हुण्डी मार्फत नै हो ।
यहाँबाट जोखिम मोलेर हुन्डी मार्फत पठाएको पैसा भनेको ठाउँमा पुग्ला नपुग्ला भन्ने चिन्ता हुन्छ । पठाउँदा पनि ठगिन्छु कि भन्ने चिन्ता हुन्छ । अर्कोतिर यो काम अवैधानिक भएकाले झनै डर लाग्छ ।
घरमा पैसा नपुग्दासम्म ढुक्क हुन पाईदैन । यहाँबाट नेपाल पैसा पठाउन वैधानिक माध्यम पनि छैन । हामीलाई घर पठाउदा सास्ती त छँदैछ । अर्को तिर देशले धेरै आर्थिक घाटा बेहोर्नु परेको छ ।
हामी काम गर्न त आयौं । कमायौं पनि । तर हामीले कमाएको पैसा घरसम्म अवैधानिक तवरले पठाउदा हामी ठगियौं वा गुमायौं भनेपनि उजुरी गर्ने निकाय छैन । सरकारले हुण्डीलाई रोक्न यी कुरामा ध्यान दिए म जस्ता मकाउमा रहेका धेरै नेपालीलाई सहज हुने थियो । ढुक्कले घरमा पैसा पठाउन पाउने थियौं ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Indra Thapa
Sept. 8, 2018, 8:09 a.m.नेपाल सरकारले हुण्डी अवैधानिक भन्छ, अनि मकाउमा नेपालीले कमाएर नेपालमा हुण्डी मार्फत पैसा पठाउँछ भन्ने पनि थाहा छ र अर्को उपाय पनि छैन / त्यसैले त्यसको अर्थ हो नेपाल सरकार पनि हुण्डी व्यवसायीको नजीक छ कि ?
Raju raj
Sept. 7, 2018, 1:31 p.m.मकाउमा वेस्टर्न युनियन छैन र कस्तो बिजोग !