रातमा जागेकाे साैराहा ! (तस्बिरहरू)

 मंसिर १२, २०७८ आइतबार २१:४६:१९ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - एमालेकाे दशाैँ राष्ट्रिय महाधिवेशनकाे बन्द सत्र सुरु गर्ने तयारी भइरहँदा साैराहा पनि अझै जागा छ । आज आइतवार बिहान १० बजे सुरु हुने भनिएकाे बन्द सत्र झन्डै ११ घण्टापछि सुरु हुन लागेकाे हाे । 

अहिले महाधिवेशन सुरु हुने हाेटल सेभेन स्टारमा प्रतिनिधि आउन थालेका छन् । बन्द सत्र सुरु हुनै लाग्दा कार्यक्रम स्थल बाहिर नेता/कार्यकर्ताकाे भिड देख्न सकिन्छ भने साैराहाका सडकमा चहलपहल छ । महाधिवेशनले गर्दा सडकमा मानिसकाे आउजाउ भइरहेकाे छ । त्यस्तै झिलिमिली बालिएका बत्तीले साैराहा जागेकाे झैँ देखिएकाे छ ।   

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया