हुम्लाकाे लिमीमा आज खाद्यान्न पुग्ने

 मंसिर १३, २०७८ सोमबार ७:२८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - भोकमरीको अवस्थामा रहेको हुम्लाको लिमी क्षेत्रमा आज खाद्यान्न पुग्ने भएको छ । त्यसका लागि हिजै सेनाको हेलिकप्टर हुम्ला सदरमुकाम सिमकोट पुगेको छ ।

हेलिकप्टरले सिमकोटमा रहेको ३५ क्विन्टल चामल लिमी क्षेत्रमा पुर्याउने छ । यस्तै, हिल्सामा रहेको चार सय ६१ क्विन्टल पिठो र पाँच क्विन्टल चामल पनि लिमी पुर्याउने तयारी छ । त्यसपछि लिमीमा रहेका १ सय ४७ परिवारलाई खाद्यान्न वितरण  गरिने हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

उहाँकाअनुसार यो खाद्यान्नले लिमीका स्थानीय बासिन्दालाई सात/आठ महिना खान पुग्छ । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार आज बिहानै लिमी हुँदै हिल्सा पुग्ने हेलिकप्टरले आफूलाई चाहिने तेलसमेत बोकेर जानेछ । हिल्सा–लिमी क्षेत्रमा खाद्यान्न ढुवानी गर्दा तेल सकिए पुनः सिमकोट आएर भर्नेछ ।

लिमीमा खाद्यान्न सकिएर भोकमरी सुरु हुन थाले पछि नाम्खा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष पाल्जोर तामाङ काठमाण्डौ आएर सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।  चीनसँग जोडिएको हुम्लाको अत्यन्तै विकट नाम्खा गाउँपालिकामा आलु र उवा मात्रै उत्पादन हुन्छ । त्यसबाट त्यहाँका स्थानीय बासिन्दालाई मुस्किलले दुई/तीन महिना मात्रै खान पुग्छ।  

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया