घनश्याम भुसालद्वारा उपाध्यक्ष र भीम आचार्यद्वारा सचिवमा उम्मेदवारी

 मंसिर १३, २०७८ सोमबार ९:२८:१४ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - नेकपा एमालेका नेता घनश्याम भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको हो । यस्तै नेता भीम आचार्यले सचिवमा उम्मेदवारी दिनुभएको छ ।

ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका आचार्यले सचिवमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।

यसअघि भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराइसक्नुभएको छ । रावल र भुसालले सर्वसम्मतिको प्रस्ताव अस्वीकार गरेपछि एमालेमा नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको हो।
 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया