मिथिला मध्यमा परिक्रमा सम्पन्न
चैत १, २०८१ शुक्रबार
काठमाडौं – मकालु यातायातले अनलाइन टिकेटिङ सेवा सञ्चालनमा ल्याएको छ ।
मकालु यातायातले यात्रुहरुलाई अनलाइनबाटै टिकट बिक्री सेवा शुक्रबारबाट सरु गरेको हो । सेवाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मकालु यातायात प्रालिका अध्यक्ष तुलसीमान सिंहले यात्रुहरुलाई सहज होस् भनेर अनलाइन सेवाबाट टिकट लिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
टिकट लिनका लागि यात्रुहरुले मकालु यातायातको आधिकारिक वेबसाइट www.mountmakalu.com.npबाट टिकट बुकिङ गर्न सक्नेछन् । यसै अवसरमा मकालु यातायातले प्रत्येक अनलाइन टिकटको खरिदमा ‘१० प्रतिशत क्यास ब्याक’ योजना पनि सार्वजनिक गरेको छ ।
यो योजना आगामी असोज ५ गतेसम्मका लागि मात्रै लागू हुने गरी तय गरिएको पनि मकालु यातायातका अध्यक्ष सिंहले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।