माओवादीबाट एमाले बनेका नेताहरू पनि चुनावमा, प्रतिस्पर्धा रोचक बन्दै

 मंसिर १३, २०७८ सोमबार १४:२४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि उहाँहरू निर्विरोध चयन हुनुभएको हो ।

एमालेको केन्द्रीय निर्वाचन कार्यालयले औपचारिक रूपमा निर्वाचित भएको घोषणा भने गरेको छैन । 

अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने चुनाव हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा र अष्टलक्ष्मी शाक्यको नाम ओलीले सर्वसम्मत गर्न प्रस्ताव गरे पनि नेता घनश्याम भुसालले उम्मेदवारी दिएपछि चुनाव हुने भएको छ । उपाध्यक्षमा पूर्वमाओवादीका तर्फबाट रामबहादुर थापा बादलले पनि चुनावको सामना गर्नुपर्ने भएको छ । एमालेकै दुई खेमा र माओवादीबाट एमालेमा आएका बादलबीच हुने प्रतिस्पर्धालाई निकै महत्त्वका साथ हेरिएको छ । 

यस्तै सचिवमा अध्यक्ष ओलीले गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई प्रस्ताव गरेपनि टङ्क कार्की र भीम आचार्यले पनि उम्मेदवारी दिएपछि चुनाव हुँदैछ । सचिवमा सात जनाको लागि नौ जनाको उम्मेदवारी परेको छ । सचिवमा पूर्वमाओवादीका लेखराज भट्ट र टोपबहादुर रायमाझीले पनि यत्तिकै सचिव पद नपाउनुहुने देखिएको छ । अध्यक्ष ओलीले सर्वसम्मत गराउन खोजे पनि रायमाझी र भट्टले चुनाव जितेर मात्रै पद पाउने पक्का भएको हो । 

एमालेकै दुई पक्ष र पूर्वमाओवादी नेताहरूबीच हुने प्रतिस्पर्धा निकै रोचक हुने एमालेका नेता/कार्यकर्ताहरू बताउँछन् । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • nrj

    Nov. 30, 2021, 12:07 a.m.

    ओली कै मास्टर डिजाइन हो यिनीहरुलाई पाखा लगाउने ..

  •  0 Reply

तपाईको प्रतिक्रिया