एमाले महाधिवेशन : उम्मेदवारकाे प्रारम्भिक नामावली प्रकाशित

 मंसिर १३, २०७८ सोमबार १५:२०:२१ | राधेश्याम खतिवडा
unn.prixa.net

नेकपा एमाले मतदान स्थल

काठमाण्डाै – नेकपा एमालेको दशौँ महाधिवेशनमा केन्द्रीय नेतृत्वमा आउने आकाङ्क्षी उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित भएको छ । 

पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी/विरोधलगायतका प्रक्रिया सुरु हुनेछ भने उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । 

केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ता सकिएको झन्डै चार घन्टापछि महाधिवेशन स्थलमा पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया