नोभेम्बरमा हवाई मार्गबाट २६ हजार एक सय ३५ जना विदेशी पर्यटक नेपाल आए

 मंसिर १५, २०७८ बुधबार १४:५८:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नोभेम्बर महिनामा हवाई मार्गबाट २६ हजार एक सय ३५ जना विदेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या गएको वर्षको भन्दा १३ गुणाभन्दा धेरै हो । गएको वर्षको नोभेम्बर महिनामा नेपालमा हवाई मार्गबाट एक हजार नौ सय ५६ जना विदेशी आएका थिए ।

कोरोना महामारीको जोखिम कम भएको र सरकारले क्वरेण्टीन तथा भिसा प्रक्रियालाई सहज बनाएकाले यो वर्ष पर्यटकको सङ्ख्या बढेको पर्यटन बोर्डका निर्देशक एवम् सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिनुभयो ।

यस वर्ष पर्यटकको सङ्ख्या बढेको भएपनि कोरोना महामारी सुरु हुनुअघिको भन्दा कम हो । महामारी सुरु हुनुअघि सन् २०१९ को नोभेम्बर महिनामा हवाई मार्गबाट एक लाख ३० हजार तीन सय दुई जना पर्यटक नेपाल आएका पर्यटक विभागको तथ्याङ्क छ । 

यसैबीच यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म ११ महिनामा एक लाख २६ हजार दुई सय ८३ जना पर्यटक हवाई मार्गबाट नेपाल आएका छन् । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया