नयाँ मुलुकी ऐन संशोधनको माग गर्दै पत्रकार सडकमा

 भदौ २२, २०७५ शुक्रबार १७:३५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने नयाँ मुलुकी ऐनको प्रावधान तत्काल हटाउन माग गर्दै सडक आन्दोलन पनि सुरु गरेको छ । 

पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने प्रावधान हटाउन सञ्चार माध्यमबाट गरिएको आग्रह बेवास्ता गरेपछि महासंघले शुक्रबारबाट सडक आन्दोलन सुरु गरेको हो । शुक्रबार दिउँसो नयाँ बानेश्वरमा विरोध प्रर्दशन गर्दै पत्रकारहरुले आफूहरुलाई फौंजदारी अभियोग लगाउने प्रावधान हटाउन सरकार तयार नभएपछि बाध्य भएर सडक आन्दोलन सुरु गर्न बाध्य हुनुपरेको बताएका छन् । पत्रकारहरुले क्यामेरा, पेन, डायरीलगायतका सामग्री सडकमै राखेर विरोध प्रदर्शन गरेका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आफूहरुको माग सम्बोधन गर्न सरकार तयार नभएपछि सडक आन्दोलनमा आउन बाध्य हुनु परेको बताउनुभयो । उहाँले तत्काल आफूहरुको माग अनुसार नयाँ मुलुकी ऐन संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिनुभयो ।

नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोध रहेको, कतिपय प्रावधान पत्रकारहरुलाई अपराधीसरह कारबाही गर्ने ढंगले आएको भन्दै त्यसलाई सच्याउन माग गर्दै सरकार र सरोकारवाला निकायलाई ज्ञापन पत्र समेत बुझाई सकेको छ । 

अध्यक्ष आचार्यले अब पनि आफूहरुको माग सम्बोधन नभए सरकार विरुद्ध कडा आन्दोलनमा जाने गरी आउँदो सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने जानकारी पनि दिनुभयो । 

आन्दोलनको थप कार्यक्रम तय गर्न आइतबार र सोमबार महासंघको कार्य समिति बैठक बोलाइएको छ । त्यही बैठकले आन्दोलनको थप कार्यक्रम तय गर्नेछ ।
 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • प्रदिप महताे

    Sept. 8, 2018, 8:27 a.m.

    प्रत्रकारहरुलाइ दस दिन नयुज लेखन पढन बन्द गरिदिनु परयाे।

  •  0 Reply

तपाईको प्रतिक्रिया