बुटवलमा ट्राफिक चोकसहित ३ ठाउँमा ट्राफिक लाइट जडान
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधिको नाममा विवाद भएपछि निर्वाचन कार्यतालिका प्रभावित भएको छ ।
हिजो बुधवारदेखि सुरु भएको एकता महाधिवेशनमा आज बिहीवार बिहान १० बजे नै निर्वाचन कार्यक्रम सुरु गर्ने कार्यतालिका भए पनि महाधिवेशन प्रतिनिधिको नाममा विवाद भएपछि अहिलेसम्म मतदाता नामावली नै प्रकाशन हुन सकेको छैन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार महाधिवेशनको चुनावमा सहभागी हुने मतदाताको अन्तिम नामावली टुङ्ग्याउने काम भइरहेको छ । अहिले निर्वाचन समिति, पार्टीको केन्द्रीय सचिवालय र अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन समूहका नेताहरू मतदाता नामावली टुङ्ग्याउन छलफलमा जुट्नुभएको छ । राप्रपाको बन्द सत्र भने सकिएको छ ।
राप्रपाको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ । लिङ्देनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । यसैगरी महामन्त्रीमा डाक्टर धवलशमशेर राणा, रामचन्द्र तिमल्सिना र रेखा थापाले उम्मेदवारी दिने तयारी गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।