सोलुखुम्बु घुम्न आएका नेपाली मूलका अमेरिकी नागरिकको ज्यान गयो

 मंसिर १७, २०७८ शुक्रबार १८:४०:१८ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक जना नेपाली मूलका अमेरिकी नागरिकको ज्यान गएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ३ फाक्दिङमा रहेको एउटा होटलमा बास बसेका अमेरिकी नागरिक बिन्देश्वर पक्षपतीको ज्यान गएको हो ।

हिजाे बिहीवार राति आगो तापिरहेका ६१ वर्षका पक्षपती एक्कासी ढलेका र केहीबेरमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । पक्षपतीको शव पोस्टमार्टमका लागि हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया