राष्ट्रिय सभा चुनावको कार्यतालिका स्वीकृत, पुस २० गते उम्मेदवारी दर्ता

 मंसिर २१, २०७८ मंगलबार १४:५७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावको कार्यतालिका र कार्यक्रम स्वीकृत गरेको छ ।

स्वीकृत कार्यतालिकाअनुसार चुनावमा भाग लिन चाहने राजनीतिक दलले पुस १ देखि १० गतेसम्म दल दर्ता गर्नुपर्नेछ । यस्तै पुस १७ गते मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नाे नाम सच्याउन दरखास्त दिने तथा मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ ।

यस्तै पुस १८ र १९ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

यस्तै पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने र माघ १२ गते बिहान ९ बजेदेखि दिउँसाे ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

फागुनमा समयावधि सकिने १९ जना राष्ट्रिय सभा सदस्यका लागि चुनाव हुन लागेको हो । चुनावमा प्रदेश सभा सदस्य तथा पालिकाका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । एक जना प्रदेश सांसदको मत भार ४८ हुन्छ भने पालिका प्रमुख र उपप्रमुखको मत भार १८ रहेको छ । राष्ट्रिय सभा चुनावमा एमालेबाहेकका दलले गठबन्धन गर्ने सहमति गरिसकेका छन् । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया