'नाे लालपुर्जा, नाे भाेट' भन्दै चितवनका सुकुम्बासीकाे र्‍याली

 मंसिर २१, २०७८ मंगलबार २०:४१:३१ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनका सुकुम्बासीहरूले लालपुर्जाको माग गर्दै र्‍याली निकालेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगर नगर कमिटीको आयोजनामा आज मङ्गलवार चितवनको रत्ननगरमा सुकुम्बासीहरूले र्‍याली निकालेर 'नो लालपुर्जा, नो भोट' भन्दै प्रदर्शन गरेका हुन् । 

आउँदाे चुनावअघि नै लालपुर्जा वितरणको काम थाल्न दबाब दिने उद्देश्यले जनजागरण तथा खबरदारी कार्यक्रम गरिएको नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगर नगर कमिटीका उपाध्यक्ष रवि भट्टले जानकारी दिनुभयो ।  

उनीहरूकाे र्‍याली निपनी चोकबाट सुरु भएर टाँडी चोक परिक्रमा गर्दै रत्ननगर नगरपालिकाको मुख्य गेट अगाडि पुगेकाे थियाे । उनीहरूले प्ले कार्डमा उधारो भोट माग्ने प्रथा बन्द गर, अबको काम लालपुर्जामा सुकुम्बासीको नाम लगायत नारा लेखेर प्रदर्शन गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया