कांग्रेस किन कम्युनिस्ट भन्दा पछि पर्‍याे ? यसकाे समीक्षा हुनुपर्छ : वरिष्ठ नेता पाैडेल

 मंसिर २४, २०७८ शुक्रबार १९:५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक लोकतन्त्रलाई बलियो र संस्थागत गरेर लैजान सकिएमा मात्र कांग्रेसलाई नागरिककाे भरोसाको केन्द्र बनाउन सकिने बताउनुभएको छ । 

पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज शुक्रवार सम्बोधन गर्दै उहाँले नेता तथा कार्यकर्तामा लोकतान्त्रिक आदर्श, निष्ठा र नैतिक शक्ति अभिवृद्धि गरी स्वच्छ चुनाव र प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

वरिष्ठ नेता पाैडेलले भन्नुभयो, ‘के कारण कम्युनिस्टभन्दा कांग्रेसमा कमजोरी र पछाडि पर्‍याे त्यसको समीक्षा गरिनुपर्छ । निमुखाको न्याय हराएको छ, पार्टीमा भ्रष्टाचार, अनुशासन र नैतिकता कायम गर्न आवश्यक छ ।’ 

गौरवशाली इतिहास, सिद्धान्त र सङ्गठन भएको कांग्रेसले आफ्नो एजेन्डाका माध्यमद्वारा प्रतिपक्षीलाई आउँदाे चुनावमा पराजय गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले गाउँमै रोजगारी दिने विकासको मोडेल आवश्यक रहेको बताउँदै त्यसका लागि राजनीतिमा सुधारको खाँचो छ भन्नुभयो । हाम्रो भविष्यको बाटो तय गर्न र पार्टीलाई सफल बनाउन सबै लाग्नुपर्ने उहाँको जोड थियो । 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया