अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता तथा १४ औँ महाधिवेशनका पार्टी सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सभापतिका लागि हुने दोस्रो चरणको चुनावमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ ।
आज मङ्गलवार पत्रकार सम्मेलन गरी डा. कोइरालाले पार्टी सभापतिका लागि अहिले दिउँसाे साढे ३ बजेदेखि हुन लागेको दोस्रो चरणको चुनावमा महाधिवेशन प्रतिनिधिहरूले आफ्नो विवेकले मत हाल्नुपर्ने बताउनुभएको हो । महाधिवेशनका प्रतिनिधिहरू आफैँ नेपाली कांग्रेसका नेता भएको उल्लेख गर्दै उहाँले मतदानमा आफ्नो विवेक प्रयोग गर्न र आफ्नो मनको अन्तर–आत्माले भनेअनुसार मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । उहाँले राजनीति गर्ने व्यक्तिमा मूल्य र मान्यता हुनुपर्ने र नैतिकता गुमाएपछि राजनीति सम्भव नहुने धारणा पनि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीति गर्ने व्यक्तिमा मूल्य र मान्यता भन्ने कुरामा म अत्यन्त विश्वास गर्छु । नैतिकता गुमाएपछि राजनीति सम्भव हुँदैन भन्ने कुरा पनि यहाँहरूको माझमा राख्न चाहन्छु । महाधिवेशनका प्रतिनिधिहरू आफैँ नेता हो नेपाली कांग्रेसका । उहाँहरूले जुन भोट दिनुहुन्छ आज, दोस्रो चरणको मतदान जुन हुन गइराखेको छ, उहाँहरूले आफ्नो मनको अन्तर–आत्माले विवेक प्रयोग गरेर मतदान गर्नुहुनेछ भन्ने विश्वास पनि व्यक्त गर्दछु । आफ्नो विवेक प्रयोग गर्नुस् र आफ्नो मनको अन्तरआत्माले के भन्छ त्यो कुरा भोटमा प्रतिबिम्बित गर्नुस् भन्ने कुरा राख्न चाहन्छु ।’
नेता कोइरालाले आफूले कांग्रेसको समग्र जीवनमा परिवर्तन र सुधार गर्ने प्रतिज्ञा गरेको बताउनुभयो । उहाँले कांग्रेसलाई व्यवस्थित ढङ्गले अगाडि बढाउने प्रयास गर्ने पनि उल्लेख गर्नुभयो । कांग्रेसभित्र रूपान्तरण र पुनर्जागरण ल्याउने आफ्नो एजेन्डालाई तार्किक निष्कर्षमा पुर्याउने उहाँको भनाइ छ । नेता काेइरालाले भन्नुभयो, ‘म नेपाली कांग्रेसको समग्र जीवनमा परिवर्तन र सुधार गर्ने प्रतिज्ञा गरिराखेको छु । व्यवस्थित नेपाली कांग्रेसभित्र जुन अव्यवस्थाको चाङ लागेको छ, त्यसलाई व्यवस्थित ढङ्गले अगाडि बढाउने प्रयास पक्कै पनि गर्छु । मैले आजसम्म रूपान्तरण र पुनर्जागरणका कुरा गरेर आइराख्या छु यो चार, पाँच वर्षदेखि । त्यसलाई तार्किक निष्कर्षमा पुर्याउने सोच बनाएको छु । र हाम्रो टिम जुन छ, त्यसले त्यसमा पक्कै पनि मिलेर काम गर्छ ।’
उहाँले दोस्रो चरणको चुनावबाट आउने जुनसुकै परिणाम सहर्ष स्वीकार गर्दै कांग्रेसभित्र वृहत्तर एकताको प्रयास गर्ने बताउनुभयो । नेता कोइरालाले आफ्नो सम्पूर्ण जीवन देश, नेपाली नागरिक र लोकतन्त्रको सुनिश्चित भविष्य तथा आउँदाे पुस्ताको सुखद जीवनका लागि खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘म मेरो देश, नेपाली जनता, लोकतन्त्रको सुनिश्चित भविष्य र आउने पुस्ताको सुखद जीवनका लागि सम्पूर्ण जीवन समर्पण गर्न पनि चाहन्छु । अन्तमा यस चुनावमा साथीहरूले भरोसा गरेर मलाई जुन माया गर्नुभयो, जुन भोट दिनुभयो, त्यसका लागि उहाँहरूप्रति कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।