रासायनिक मल माग गर्दै सप्तरीमा किसानको प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ

 मंसिर २९, २०७८ बुधबार १४:५०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तरीका किसानले रासायनिक मल माग गर्दै प्रदर्शन गरेका छन् । आज बुधवार किसानले रासायनिक मलकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसहित घेराउ गरेका हुन् । 

सप्तरीका किसानले रासायनिक मलको माग गरेर केही दिनदेखि आन्दोलन गर्दै आएका छन् । गहुँ छर्ने बेलामा रासायनिक मल नपाएको उनीहरूको गुनासो छ । गहुँ बाली लगाउने बेला विशेष गरी डीएपी मलको माग बढी हुन्छ ।

कृषि सामग्री कार्यालय राजविराजका निमित्त शाखा प्रबन्धक सोनेलाल मुर्मुले पालिकाको सिफारिसमा मल दिँदै आएको बताउनुभएको छ । सोझै किसानलाई मल वितरण गर्न नसकिने उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार नाै लाख नाै हजार पाँच सय ९९ हेक्टर क्षेत्रफल रहेको सप्तरीमा खेतीयोग्य जग्गा ८१ हजार ६ सय ६८ हेक्टर अर्थात् ६४ प्रतिशत छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया