चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज सामान्य घटेको छ । नेप्से आज चार दशमलव २३ अङ्कले घटेर दुई हजार चार सय १४ विन्दुमा पुगेको छ । हिजो एक सय ३७ अङ्कले बढेको नेप्से आज घटेको हो ।
आज पाँच समूहको शेयर घटेकोमा सबैभन्दा धेरै होटल र पर्यटन समूहको शेयर ५३ अङ्कले घटेको छ । त्यस्तै जीवन बीमा समूहको शेयर ४३ अङ्कले घटेको छ ।
आज दुई सय २८ कम्पनीका ९८ लाख ७९ हजार कित्ता शेयर चार अर्ब ५८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंककाे १६ कराेड रुपैयाँ बराबरकाे शेयर काराेबार भएकाे छ ।
आज नयाँ सारथी लघुवित्तको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि सामलिङ पावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।