च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डाै – सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्ड, २०२१ सम्पन्न भएको छ । लिभिङ विथ आईसीटी म्यागेजिनको आयोजना काठमाण्डौको सोल्टी होटलमा भएको अवार्डमा १२ विधा समावेश थिए ।
यस वर्षको स्टार्टअप आईसीटी अवार्ड खेती भेञ्चरलाई प्रदान गरिएको छ । त्यस्तै प्रडक्ट आईसीटी अवार्ड मिखालाई प्रदान गरिएको छ । राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड मशुरलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोट पश्चात पब्लिक भोटिङ गरिएको थियो ।
त्यस्तै व्यक्तिलाई प्रदान गरिने आन्टरप्रेनर आईसीटी अवार्ड दिपेश प्रधानलाई, पायोनियर आईसीटी अवार्ड मनोहर कुमार भट्टराई र वुमन आइकन आईसीटी अवार्ड गुण केशरी प्रधानलाई प्रदान गरिएको छ ।
संस्थाहरूलाई प्रदान गरिने डिजिटल एजुकेशन आईसीटी अवार्ड कालिका मावि बुटवललाई र ललितपुरको रातो बंगला स्कुललाई, डिजिटल सर्भिसेस अवार्ड नेपाल क्लियरिङ हाउस लिमिटेड र भूमि व्यवस्था तथा अभिलेख विभागलाई वितरण गरिएको छ । त्यस्तै पब्लिक च्वाइस आईसीटी अवार्ड बगभीलाई प्रदान गरिएको छ ।
यस वर्ष अवार्डको लागि चार सय बढीको अनलाइन आवेदन प्राप्त भएको थियो भने ४ महिनासम्म छनौट प्रक्रिया सञ्चालन भएको थियो ।