चीनको बेइजिङमा चालकविहीन ट्याक्सी सञ्चालनको अनुमति

 पुस ४, २०७८ आइतबार १८:२३:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनको बेइजिङमा स्वचालित ट्याक्सी चलाउन अनुमति दिइएको छ । बेइजिङको दक्षिणपूर्वी भेग यीझुआङको ६० वर्ग किलोमिटर क्षेत्रमा रोबोट्याक्सी भनिने चालकविहीन कार चलाउन सरकारी अनुमति प्राप्त भएको बीबीसीले जनाएको छ । 

अहिलेलाई परीक्षणका रूपमा अनुमति दिइएको र सफल भएमा यस्ता ट्याक्सीको सङ्ख्या बढाउने बेइजिङका सरकारी अधिकारीहरूले बताएका छन् । एक सय वटा कार सडकमा गुड्न थालेका र अहिले सात सयभन्दा बढी ठाउँबाट यात्रुले सेवा पाउने बीबीसीले जनाएको छ ।

एउटा कारले एक पटकमा दुई जनासम्म यात्रु बोक्न सक्छ । कारको मनिटरमा जडान गरिएका विशेष उपकरण र सेन्सरहरूले वरिपरिकाे वातारण, अरू सवारीसाधन र पैदलयात्रु बारेमा थाहा पाउनेछन् ।

परीक्षणकाल भरका लागि ट्याक्सी अनुगमनका लागि एक जना सुपरभाइजर राख्ने र पछि पूर्णरूपमा चालकविहीन हुने बीबीसीले जनाएको छ । कतिपयले सडकको जटिल अवस्थाका कारण सुरक्षा चुनौती हुने बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया