शेयर बजार झन्डै ५७ अङ्कले बढ्याे, कारोबार रकम भने साढे २ अर्ब पनि पुगेन

 पुष ६, २०७८ मंगलबार १५:२९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार भने बढेको छ । नेप्से आज ५६ दशमलव ७३ अङ्कले बढेर दुई हजार चार सय १५ दशमलव ५५ विन्दुमा पुगेको छ । 

आज सबै समूहको शेयर उकालो लागेकोमा बीमा, विकास बैंक, उत्पादन, व्यापार र माइक्रोफाइनान्सको शेयर उच्च अङ्कले बढेको छ । दुई सय २६ वटा कम्पनीको शेयर कारोबार भएकोमा १२ वटाको मात्रै घटेको छ ।

आज ४९ लाख ७४ हजार कित्ता शेयर दुई अर्ब ३८ करोड ३२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी कम्पनीकाे १४ कराेड रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे । 

आज ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेको छ । यस्तै जानकी फाइनान्स र रसुवागढी हाइड्रोको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि गोर्खाज फाइनान्सको शेयर झन्डै नौ प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया