चीनमा भेटियो पूर्णरुपमा सुरक्षित ६ करोड वर्ष पुरानो डाइनासाेरको भ्रुण

 पुस ७, २०७८ बुधबार ११:२५:११ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनकाे गान्झाेउ क्षेत्रमा अण्डाभित्र सुरक्षित रहेको डाइनासाेरको भ्रुण भेटिएको छ । परिपक्व भएर अण्डाबाट बाहिर आउने अवस्थामा रहेको भ्रुणको जिवाश्म भेटिएको बीबीसीले जनाएको छ । यो भ्रुण ६ करोड ६० लाख वर्ष पुरानो भएको अनुसन्धाताले अनुमान गरेका छन् । यो भ्रुण दाँत नभएको थेरापोड डाइनासाेर वा ओभिर्याप्टोरोससको हुनसक्ने विश्वास गरिएको छ ।

अनुसन्धाता डा फियोन वासम माले यो भ्रुणलाई इतिहासमै अहिलेसम्म भेटाइएका भ्रुणमध्ये सबैभन्दा सुरक्षित अवस्थामा रहेको बताउनुभएको छ । यो भ्रुणको खोजसँगै डाइनासाेर र आधुनिक चराबीचको सम्बन्ध पहिल्याउन वैज्ञानिकहरुलाई झनै सजिलो हुने बताइएको छ ।

भ्रुणको जिवाश्मको अवस्थिति अण्डाबाट निस्किने अवस्थामा पुगेको चराको जस्तै घुमाउरो भएको देखिएको छ । यो जिवाश्मको लम्बाइ टाउकोदेखि पुच्छरसम्म २७ सेन्टिमिटर रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • भक्त राज भट्टराई

    Dec. 25, 2021, 2 p.m.

    good news

  •  0 Reply

तपाईको प्रतिक्रिया