शेयर बजार लगातार तेस्रो दिन पनि बढ्यो, साढे चार अर्ब रुपैयाँको कारोबार

 पुष ८, २०७८ बिहीबार १५:१९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि बढेको छ । नेप्से बिहीवार १२ दशमलव ५३ प्रतिशतले बढेर दुई हजार पाँच सय २० दशमलव २३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, व्यापार, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स र लगानी समूहको शेयर बढेको छ । विकास बैंक, फाइनान्स र जलविद्युत समूहको शेयर भने घटेको छ ।

आज दुई सय २९ कम्पनीका ८३ लाख २३ हजार कित्ता शेयर चार अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ३६ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज शिखर इन्सुरेन्स, वरुण हाइड्रो र जीवन विकास लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि गोर्खाज फाइनान्सको शेयर झन्डै सात प्रतिशतले तथा सिन्धु विकास बैंक र साम्लिङ पावर कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया