गुणस्तर जाँचविनै विदेशी वस्तु भित्रिन दिँदा स्वदेशी उत्पादन सम...
बैशाख २५, २०८१ मंगलबार
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ५८ लाख रुपैयाँको भ्रष्ट्रचार भएको नयाँ तथ्य खुलेको छ ।
गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठकै गाँउपालिकमा यस्तो बेथिति देखिएको छ ।
बलेफीदेखी तेम्बाथान जाने मोटरबाटो गाउँपालिकाकै ठूलो र महत्वपूर्ण सडक हो । गाउँपालिकाको महत्वपूर्ण बाटो निर्माण समिति गठन गर्ने बेलामा जम्मा ३१ जना उपस्थित गराएर उपभोक्ता समिति बनाएको पाइएको छ । जसमा आधा दर्जनभन्दा बढी त गाउँपालिकाका कर्मचारीमात्र रहेका छन् ।
असारको सुरुदेखि नै मुनलाइट हाइड्रोपावर, गेलुङ खोला हाइड्रोपावरबाट एक्स्क्याभेटर लगेर बाटो खनिए पनि अध्यक्ष श्रेष्ठको निर्देशनमा उपभोक्ता समिति गठन गरी ५८ लाख २० हजार रुपैयाँ निकासा गरिएको रहस्य बाहिरिएको हो ।
देवेन्द्र शाक्यको अध्यक्षतामा ५ सदस्यीय उपभोक्ता समिति असार २५ गते गठन गरे पनि मिति सच्च्याएर वैशाख २५ मै गठन गरेको बनाइएको छ ।
जुगल गाउँपालिकाका गजेन्द्र थापाले अख्तियारमा साउन १६ गते उजुरी दर्ता गरेसँगै यो तथ्य सार्वजनिक भएको हो । अख्तियारमा उजुरी दर्ता नम्बर १४४२ रहेको छ ।
थापाले बाटो हाइड्रोपावरको डोजरले खनेको भए पनि रातारात उपभोक्ता समिति गठन गरेर ५८ लाख निकासा भएको चाल पाएपछि अख्तियारमा उजुरी गर्नुभएको हो । कोठमा बसेर नक्कली हस्ताक्षर गरी गाउँपालिकाको अध्यक्षकै निर्देशनमा उपभोक्ता समिति बनाएको उजुरी पत्रमा उल्लेख छ ।
हाइड्रोपावर कम्पनीसँग कुरा गर्दा हाइड्रोले समेत प्रयोग गर्ने बाटो भएकोले निशुल्क रुपमा डोजर उपलब्ध गराएको पाइएको छ ।
डोर हाजिर फाराममा काम नै नगरेका स्थानीयवासीको नाम लेखी दैनिक ज्याला समेत लिएको भनी नक्कली भर्पाइ गरी पैसा निकालेको चाल पाएपछि स्थानीयहरु विरोधमा उत्रेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
shyaman shrestha
Sept. 11, 2018, 3:14 p.m.महोदय ,पत्रकार किरण थापा५८लाख भ्रष्टाचारको प्रमानित तपाईंले गरिदिन पर्यो।त्यस पछि हामी जुगलको जनताले के गर्नु पर्यो ?प्रमानित गरिदिए आभारी हुनेथ्हे हामी जनता लाई किन ? गलत समाचार सम्प्रेषण गरेर किन भ्रम मा पार्नुहुन्छ?