शेयर बजार ७१ अङ्कले बढ्यो, बीमा समूहमा हरियाली, १८ वटा कम्पनीको शेयरमा सर्किट

 पुस ११, २०७८ आइतबार १५:२३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७१ दशमलव दुई अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ४२ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् र फाइनान्सबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा समूहको शेयरमा हरियाली आएको छ । जीवन बीमा समूहको शेयर झन्डै एक हजार अङ्क र निर्जीवन बीमा समूहको शेयर नौ सय सात अङ्कले बढेको छ ।

आज १८ वटा बीमा कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ । यस्तै आजदेखि कारोबार सुरु भएको मध्य भोटेकोसी जलविद्युतको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि गोर्खाज फाइनान्सको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।

आज दुई सय ३१ कम्पनीका ८६ लाख एक हजार कित्ता शेयर पाँच अर्ब १७ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नबिल बैंकको ३२ करोड रुपैयाँको शेयर किनबेच भएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया