चीनलाई मन्त्री रेग्मीकाे आग्रह : सीमा नाकामा आयात–निर्यात सहज गरियाेस्

 पुस १४, २०७८ बुधबार १६:१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सीमा नाकाबाट सहज रूपमा सामान आयात–निर्यात हुने व्यवस्था गर्न चीनलाई आग्रह गर्नुभएको छ ।

चीनतर्फका तातोपानी र रसुवाको केरुङ नाकाबाट अझै पनि सामान आयात–निर्यातमा कठिनाइ भएको व्यवसायीको गुनासो सम्बोधन गर्दै मन्त्री रेग्मीले आयात निर्यातमा कठिनाइ भोग्ने अवस्था अन्त्य गर्न आग्रह गर्नुभएको हो ।

चाइना फाउन्डेशन फर पोभर्टी एलिभेशन नेपालको छैटौँ वार्षिक उत्सव कार्यक्रममा आज बुधवार बोल्दै उहाँले यस्ताे आग्रह गर्नुभएकाे हाे । 

मन्त्री थापाले चीनले भूकम्प, कोभिड जस्ता महामारीमा सहयोग गरेकोमा प्रशंसा गर्दै भन्नुभयाे, ‘दुःख पर्‍यो भने हेर्ने छिमेकीले हो । नाकाबन्दीको बेला नेपालले चीनबाट सहयोग पाएको छ ।’

उहाँले कोभिडको समयमा खोप प्रदान गरेर चीनले नेपाललाई गुण लगाएको बताउनुभयो । उहाँले अहिले पनि चीनबाट खोप आइरहेको उल्लेख गर्नुभयो । छिमेकी देशहरूबीच सहयोगको अपेक्षा हुने मन्त्री रेग्मीले बताउनुभयो । उहाँले यसैक्रममा सीमा नाकाबाट सहज रूपमा सामान भित्रिन पाउनुपर्छ भन्नुभएको हो ।

गरिबी निवारणसम्बन्धी नेपालमा रहेको चाइनिज फाउन्डेशनले गरेको कार्यक्रममा मन्त्री रेग्मीले फाउन्डेशनलाई परेको समस्या समाधानका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया