रोमाञ्चक खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई हरायो

 पुस १७, २०७८ शनिबार २१:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबल (ईपीएल) मा म्यानचेस्टर सिटीले आर्सनललाई हराएको छ ।

९० मिनेटसम्म खेल १–१ गोलको बराबरीमा रहेकोमा इन्जुरी समयको तेस्रो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई जिताए ।

यसअघि सिटीका रियाज महरेज र आर्सनलका साकाले गोल गरेका थिए ।

आर्सनलका ग्याब्रियलले ५९ मिनेटमा रातोकार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित रहेको थियो ।

आजको जितसँगै सिटीको ५३ अङ्क भएको छ । दोस्रो स्थानको चेल्सीभन्दा सिटी ११ अङ्कले अघि रहेको छ ।

आर्सनल भने ३५ अङ्कसहित चौथो स्थानमा छ ।

 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया