विदेशमा हुने आत्महत्या कम गर्न परिवारले पनि पहल गर्नुपर्छ

 भदौ २५, २०७५ सोमबार १३:१४:५७ | मेरो कथा मेरो भोगाई

रञ्जना लम्साल/नवलपरासी । 

यहि भदौ २ गते रोजगारीका लागि युएई पुगेका चुडाबहादुर चितौरे मगर विदेश पुगेको ६ दिनमा झण्डिएको अवस्थामा फेला परे । नुहाउन बाथरुममा पसेका चितौरे नेपालबाट बिदाइ गर्दा  लगाइदिएको खादाको पासो लगाएर झुण्डिए । 

राम बाहादुर कार्की पनि वैदेशिक रोजगारीको लागि साउदी पुग्नुभएको थियो । कमाई ठिकै थियो, घर परिवारसाँ राम्ररी कुरा गरेर सुत्छु भनेका कार्कीले आत्महत्या गरे । 

कमाउन विदेश पुगेका होमबहादुर महतोको कमाई राम्रो थियो । आफ्नै कमाइले घर पनि बनाए । परिवारसँग कुरा गरेको भोलि पल्ट उनी पनि झुण्डिएको अवस्थामा भेटिए । 

वैदेशिक रोजगारीमा गएकाहरुले यसरी आत्महत्या गर्ने क्रम बढेको देखिन्छ । रोजगारीको शिलशिलामा कति जनाले आत्महत्या गरे भन्ने एकिन तथ्याङ्क नभएपनि पछिल्लो समयमा रोजगारीका लागि विदेश पुगेर आत्महत्या गर्ने संख्यामा बृद्धि भैरहेको सूचना तथा परामर्श केन्द्र कावासोतीले जनाएको छ । 

व्यक्तिले के कारणले आत्महत्या गर्‍यो भन्ने यकिन जानकारी पाउन नसकेपनि आत्महत्याको मुख्य कारण मानसिक तनाव हो । एक्लोपन, विदेश यहाँ सोचे जस्तो नहुनु, भनेको काम र तलब नपाउनु, सोचे भन्दा बढि जोखिमयुक्त काम पर्नु, पारिवारिक कलह, घरेलु हिंसा, यौन दुर्व्यवहार, आफ्नो नजिकको मान्छे गुमाउनु, प्रेममा असफलता, आर्थिक समस्या, बढी महत्वाकांक्षा लगायतका कारणले मानिसलाई जीवनबाट निराशा हुन्छ । 

आज विश्व आत्महत्या रोकथाम दिवस । आत्महत्या रोकथाममा हामी सबैको सहकार्य भन्ने नाराका साथ यो दिवस मनाइरहँदा आत्महत्या न्युनिकरणका लागि के काम भैरहेको छ भन्ने चासो हामी सबैको हो । 

आत्महत्या सधैं आवेगमा नै गरिन्छ भन्ने होइन । पारिवारिक व्यवस्थापन तथा सम्बन्धमा विचलन आएमा, सामाजिक क्रियाकलापहरुबाट टाढा हुनु परेमा, भेदभाव, हिंसा तथा वदनियतपूर्ण सामाजिक जीवनयापन गर्न बाध्य पारिएमा, आफन्तजन वा नजिककै व्यक्तिहरुबाट राम्रो व्यवहार नभएमा आत्महत्याको जोखिम रहन्छ ।

त्यसकारण पारिवारिक सम्बन्ध वलियो बनाउने र पिर चिन्ता, भोगाई, मनमा लागेका कुन्ठा, चिन्ताका विषय, भावना चाहानाहरु एक अर्कालाई सुनाउने गर्न सके पक्कै पनि आत्महत्या न्युनिकरण गर्न सकिन्छ । त्यसको सुरुवात परिवार बाटनै गर्नुपर्ने देखिन्छ । 

----------------------------

याे पनि हेर्नुहाेस्ः

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया