नवलपुर कावासोतीमा तास खेलिरहेका ११ जना पक्राउ

 पुस २४, २०७८ शनिबार ९:७:१४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा तास खेलिरहेका ११ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरको प्रहरी टोलीले गएराति कावासोती नगरपालिका-२ वीपी चोकबाट जुवातास खेलिरहेका ११ जनालाई पक्राउ गरेको हो ।

चोलबहादुर कानुङको घरमा तास खेलिरहेका बुद्धि पुलामी, डम्बर सिंह लामिछाने मगर, नरेशकुमार विक, विजयकुमार रसाइली, शंकर सुनार, भीमकुमार श्रेष्ठ, कृष्णबहादुर विक, लेखबहादुर फाल, खिमबहादुर लामिछाने, विशाल मर्स्याङ्गी र हविजित यादव पक्राउ परेका हुन् ।

जुवाको खालबाट ५४ हजार ५ सय ६० रुपैयाँ बरामद भएको प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो । चालु आर्थिक वर्षमा अहिलेसम्म जुवातास सम्बन्धी ३१ वटा मुद्दा दर्ता गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया