शेयर बजार आज पनि बढ्याे, ७ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

 पुस २६, २०७८ सोमबार १५:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज साेमवार पनि बढेको छ । हिजो आइतवार ७३ अङ्कले बढेको शेयर बजार आज १९ दशमलव ४३ अङ्कले बढेर दुई हजार सात सय ८४ दशमलव ९५ विन्दुमा पुगेको छ । 

आज बैंकिङ, होटल–पर्यटन र उत्पादन समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै दुई सय १८ अङ्कले बढेको छ । त्यस्तै निर्जीवन बीमा समूहको शेयर एक सय ९०, अन्यको एक सय १३, फाइनान्सको ७८, व्यापारको ५७ र जलविद्युत् समूहको शेयर ४० अङ्कले बढेको छ । 

आज दुई सय ३६ कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर सात अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो । 

आज मध्यभोटेकोसीको शेयरमा सकारात्मक सर्किट लागेको छ । युनियन हाइड्रो र कर्पाेरेट विकास बैंकको शेयर झन्डै १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया