ललिता निवास जग्गा हिनामिनासम्बन्धीको अनुसन्धान प्रतिवेदन सीआईबीमै फिर्ता, हदम्यादले मुद्दा नरोकिने

 पुस २६, २०७८ सोमबार १८:२२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बालुवाटारको ललिता निवास जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाण्डौले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मै फर्काएको छ । जग्गा हिनामिनामा सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन आज साेमवार सीआईबीमै फर्काएको हो ।

अनुसन्धानमा केही कुरा अपुग देखिएको र केही विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकाले फिर्ता गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौका प्रमुख गंगाप्रसाद पौडेलले बताउनुभएको छ । थप के–कस्ता विषयमा अनुसन्धान गर्नुपर्ने हो भन्नेबारेमा खुलेको छैन ।

सीआईबीले सरकारी कागजात किर्ते गरेको भन्दै ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्तमध्येका रामकुमार सुवेदी र उहाँकी पत्नी माधवीलाई यही पुस ७ गते पक्राउ गरेको थियो । सीआईबीले अनुसन्धानका सिलसिलामा अरू पनि दोषी देखिएको भन्दै तीन सय जनाभन्दा धेरैलाई मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई राय दिएको थियो ।

मुलुकी अपराधसंहिता २०७४ अनुसार किर्ते मुद्दामा थाहा पाएको दुई वर्षभित्र मुद्दा चलाइसक्नुपर्छ । यसअनुसार ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दा दायर गर्ने हदम्याद आज नै सकिएको छ । तर दुई वर्षे म्यादले मुद्दा नरोकिने जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौका प्रमुख पौडेलले बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया