नेप्से परिसूचक आज पनि ओरालो

 भदौ २५, २०७५ सोमबार १६:१२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेप्से परिसूचक आज पनि घटेको छ । उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको परिसुचक घटेकाले नेप्से परिसूचक आज ८ अंकले ओरालो लागेको हो । 

परिसूचक आज ८ दशमलब १ अंकले घटेर १२ सय ११ बिन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि आज करिब ५ करोड रुपैयाँले घटेको छ । आज २७ करोड ७४ लाख रुपैयाँको ११ लाख ५९ हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । 

नेप्से परिसूचक र कारोबार रकम घटे पनि सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्थालगायत केही कम्पनीका शेयरधनीहरुले भने कमाएका छन् । सपोर्ट माईक्रोफाइनान्सका शेयरधनीले आज १० प्रतिशत कमाएका छन् । यस्तै आरम्भ माईक्रोफाइनान्स वित्तीय संस्था र मेरो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरुले १० प्रतिशत कमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन् । 

यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज घटेको छ । सेन्सेटिभ इन्डेक्समा २ अंकको गिरावट आएको छ ।
 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया