राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिकाे १० वर्षमा झण्...
फागुन २८, २०८१ बुधबार
युक्रेन र अमेरिकाबीचको शान्ति वार्ता शुरू हुनुभन्दा अगाडि युक्रेनले मस्को र वरपरको क्षेत्रमा रातभर ठूलो ड्रोन आक्रमण गरेको रुसले बताएको छ । मस्कोमा भएको ड्रोन आक्रमणमा कम्तीमा एक जनाको ज्यान गएको र तीन जना घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
क्षेत्रीय गभर्नर आन्द्रेई वोरोब्येभले ड्रोन आक्रमणबाट एक आवासीय भवनमा रहेका सात वटा अपार्टमेन्टमा क्षति पुगेको बताउनुभएको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले शहरतर्फ गइरहेका ७३ वटा ड्रोनलाई खसालिएको र एउटा भवनको छानामा ड्रोनको भग्नावशेषले क्षति पुगेको उल्लेख गर्नुभयो ।
आक्रमणपछि मस्कोको एउटा जिल्लामा रेल नेटवर्क निलम्बित गरिएको र विमानस्थलहरूमा उडान प्रतिबन्ध लगाइएको बीबीसीको खबरमा उल्लेख छ ।
रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकाका प्रतिनिधिबीच साउदी अरेबियामा वार्ता हुने क्रममा यो आक्रमण भएको हो । युक्रेनले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
अघिल्लो शुक्रवार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्की भएको घटनापछि पहिलो पटक युक्रेन र अमेरिका वार्तामा बस्न लागेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।